चेक बाउन्स मुद्दामा स्वीटमार्ट फुट इण्डस्ट्रिजका सञ्चालक निरन्जन अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको छ ।
असोज १४ गते स्वीट मार्ट फूड प्रालिका सञ्चालक शंकर मित्तलले आफ्ना पूर्वलेखापाल विनोद कुमार पटेल र स्वीटमार्ट फूड इण्डस्ट्रिजका सञ्चालक निरन्जन कुमार अग्रवालविरुद्ध एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको फर्जी चेक तयार गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता गराएका थिए ।
आदर्शनगर प्रहरी चौकीले अग्रवाल र पटेललाई असोज २१ गते कार्यालयमा उपस्थित हुन पत्राचार गरेकोमा लेखापाल पटेल उपस्थित भए पनि अग्रवाल उपस्थित भएनन् ।
त्यसपछि प्रहरीले अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ । चेक बाउन्स सम्बन्धी मुद्दाबारे अनुसन्धान गर्न पर्सा प्रहरीले अग्रवाललाई सात दिन उपस्थित हुन पत्राचार गरेपनि अग्रवालले ठाडै प्रशासनलाई चुनौती दिंदै अटेर गरेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको जनाएको छ ।
