बिओपी बरैनीया बाराले २ लाख ४६ हजारको विभिन्न अवैध समानहरु बरामद गरे ।



सिमित अवधिको लागि आएका सशस्त्र प्रहरी निरिक्षक बिवेक लामिछानेले बिओपी बरैनिया बाराको मातहत भित्रबाट भारतबाट अबैध तरिकाले बरैनियाका नाकाहरुबाट  ल्याइरहेका २ लाख ४६ हजार बराबरको समानहरु बरामद गरेकाछन । बिओपी बरैनियाका कार्यवाहक  बिओपीपति गणेश खत्री बिदामा गएकोबेला सिमित अवधीको लागि आएका सशस्त्र प्रहरी निरिक्षक बिवेक लामिछानेको  कमाण्ड खटिएको टोलिले ७० लि लोकर मदिरा अ मु १४०००/ बराबर , कपडा र


 प्लास्टिकको भाडा ५५०००/ हजार बराबर , जुत्ता र चिनि ७७०००/ बराबर र १ लाख बराबरको पटका बरामद गरेकाछन । बरामद गरिएका पटका बिओपिको मेरिमिटर भित्र खाल्टोमा पुरी नष्ट गरिएकोछ । अन्य बरामद गरिएको समानहरु भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?