निरन्जन अग्रवाल "द" नटवरलालको चेक चेार्ने पुरानो धन्दा रहेको खुल्लासा ?

 

 निरन्जन अग्रवाल "द" नटवरलालले उधोगिहरुको चेक चोर्न लगाउने उनको पुरानो धन्दा रहेको खुलासा भएकोछ । अग्रवाल २०५० साल तिर भारतको राजिस्थानबाट बिरगंजकै किराना ब्यापारी पवन बजाज मार्फत बिरगंज आएकाथिए । बजाजको सिफारिसमा बिरगंजको आदर्श नगरमा रहेको अजय कु अग्रवालको आदर्श किराना स्टोरमा सरसफाइ गर्ने , चिया पकाउने चिया खुवाउने काममा जागिर खाएकाथिए ।

 


अपराधी मानसिकता बोकेर आएकाका अग्रवाल " द " नटवरलालले आदर्श किरानाका संचालक अजय कु अग्रवालका परिवारको सदस्यका बुहारीलाइ प्रेमजालमा फसाएर सुरुगरे अगाडिको योजना , बुहारी निलम देबि अग्रवाल मार्फत महिलो पटक आदर्श किराना स्टोरको संचालक अजय कु अग्रवालको नामको चेक चोर्नलागाइ निलम देवि अग्रवालको नाममा साढे तीन करोड  भरेर चेक अनादरको मुद्दा गरे,  सर्वोच्च अदालत सम्म पुगि हार खानुपर्यो , 

दोश्रो पटक त्यही सदस्यकै प्रियांका देविको नामको चेक चोर्न लागाइ निलम देवि अग्रवालकै नाममा तीन करोड रकम भरेर चेक अनादरको मुद्दा गरे त्यो पनि सर्वोच्च अदालत सम्म पुगि थन्कियो ,

 तेश्रो पटक उनकै सदस्य मध्य संतोषी देवि अग्रवालको नामको चेक चोर्नलागाइ निलम देवि अग्रवालकेै नाममा चार करोड रकम भरेर मुद्दा गरे , अहिले उच्च अदालत चिनिमिल बिरगंजमा विचारधिन अवस्था रहेकोछ ।

अरुण कुमार अग्रवालको  श्रीमती निलम देवि अग्रवाललाइ नटवरलालले प्रेमजालमा फसाएर उनिहरु बिरुद्ध षड्यन्त्र गरेको पीडा सहन नसकेको कारण अरुण अग्रवालको हृदयघातबाट मृत्यु हुनपुगेको निकै चर्चाको विषय बनेकोथियो

  नटवरलाल अपराधी क्रीयाकलप , राजश्व छलि , तथा विशवासघात गरि करोडौं अवैध रकम आर्जना गरेको एक उधोगिले बताएँ । नटवरलालले पिन्की सुपारी नामक उधोग संचालन गरेर ७० लाख  राजश्वछलिगरेको आरोपमा  भन्सार कार्यालय बिरगंजले मुद्दा दायर गरेकाछन ।

 सो मुद्दा उच्च अदालत चिनिमिल बिरगंजमा विचारधिन अवस्था रहेछ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अवैध तरिकाले ५१ करोड भन्दा बढिको अवैध सम्पत्ति आर्जन गरेको विषयमा जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेकाथिए । 

सो मुद्दामा २०८२ असोज ३१ गते पूर्पक्षको लागि अग्रवाल "द" नटवरलाललाइ  कारागार पठाउने आदेश भएकोथियो ।

 नाम नबताउने श्रतमा मरवाडी समुदायका प्रतिष्ठित उधोगिका अनुसार हामी कामको सिलसिलामा बाहिर गएकोबेला मा विश्वासको अधारमा  सादा चेकमा सहि गरेर लेखापाललाइ दिएको हुन्छु , नटवरलाल अग्रवालले लेखापालहरुलाइ प्रलोभनमा पारेर चेक हासिल गर्न सफल हुन्थ्यो  , आफ्नो इज्जत प्रतिष्ठा बचाउन हामीले सम्झौता गरेको हुन्छौँ। यस्ता धेरै पिडित छन जुन अगाडि आउन चाहन्दैन्न उन भने ।

अग्रवाल " नटवरलालको हरेक अपराधमा निमल देवि अग्रवाल बराबरको भागिदार रहेको निकै चर्चाको विषय बनेकोथियो उनले बताए । निलम देवि अग्रवाल भारतिय शहर रक्सैलमा भुमिजा डिपार्टमेन्टल स्टोर संचालन गरेकिछिन । भारतमा व्यापार गरेर नेपाली बैंकको क्यु आर प्रयोग गरि अवैध तरिकाले नेपाली रकम भित्र्याउन सफल रहेको एक भिडियोबाट देखिन्छ 


अग्रवाल " द" नटवरलालले  हाल स्वट मार्ट फुट प्रालिको संचालक शंकर मित्तलको पुर्वलेखापाल लाई प्रलोभन पारेर मित्तलको हस्ताक्षर भएको सादा चेक  लिनसफल भएको निकै चर्चाको विषय बनेकोछ । सो चेकमा नटवरलालले १ करोड २२ लाख ६६ हजार १२० आफ्नै नाममा लेखेर बैंकमा गएको जानकारी प्राप्त हुनसाथ मित्तलले फर्जी चेक तैयार गरि ठगि अपराधिक विशवघात तथा अपराधी लाभ लिन खोजने


आरोपमा नटवरलाल बिरुद्ध असोज १४ गते जाहेरी दर्ता गराएकाछन । 

 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?