सिम्रौनगढ इलाका प्रहरी कार्यालय बाराले २४ गते अं.२२:४५ बजेको समयमा प्रहरी निरिक्षक कृष्ण देव प्रसाद साहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला बारा पचरौता न.पा.वडा नं.-६ स्थितमा जिल्ला बारा पचरौता न.पा. वडा नं.-३ रामनगर टोल बस्ने अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई चेकजाँच गर्दा निजको साथबाट लागु औषध गाँजा ५५ के.जी. बरामद भएको हुँदा निजलाई नियन्त्रणमा लिई ई.प्र.का.सिम्रौनगढ बाराबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएँ ।
