अबैध रुपमा नेपाल प्रबेश गरी काठमाण्डौको बिभिन्न स्थानमा वसिरहेका दश जना विदेशि नागरिकहरु लाई एपीएफ ईन्टेलिजेन्स ब्यूरोको प्रमुख डिआइजी दिपेन्द्र शाह को विषेश सुचना अधारमा काठमाण्डौको बिभिन्न स्थानहरुबाट आज मिति २०८३/०६/२८ गते पक्राउ गरी अध्यागमन विभाग कालिकास्थानमा आवश्यक कारबाहिका लागि बुझाएको छ ।
पक्राउ पर्नेहरुमा वर्ष ४५ को मोहमद मुक्तर होसेन, वर्ष ३९ को अब्बास अली, वर्ष ४६ को रफिक आलम ,वर्ष ४० को मोहम्मद अरिफ सोसन ,वर्ष ३० को अजिजुल र वर्ष २९ को अब्दुल,३७ बर्षका मोहम्मद आलम करिम , बर्ष ३६को मेहेताब मण्डल , वर्ष २० को रातुल ईस्लाम र वर्ष ३० को बसर खानलाई समेत लाई सशस्त्र प्रहरी बल, नेपाल नं.१८ गण हे.क्वा. (बिशिष्ट व्यक्ति तथा महत्वपुर्ण प्रतिष्ठान सुरक्षा)बाघभैरव काठमाण्डौबाट खटिएको टोलीले आवस्यक कारवाहिका लागि अध्यागमन बिभाग कालिकास्थानमा बुझाएको सशस्त्र प्रहरी श्रोताले जानकारी दिएँ ।
