पर्सा ०४ फाागुण / सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको आयोजनामा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बारामा संचालन गरेको कपाल काटने शिपमुुलक तालिम सफलतापूर्वक सम्पन्न भएकोछ । माघ २ गतेबाट संचालन भएको तालिम आज ४ गते फाागुण सम्पन्न भएको छ । तालिममा १२ जना भााइबहिनिहरुले सफलतापूर्वक तालिम प्राप्त गरि सशस्त्र प्रहरी उपरीक्षक खुुम बहादुर केसीबाट प्रमाणपत्र प्राप्त गरेकाछन । प्रमाणपत्र वितरण कार्यक्रम मटिहर्वा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दहाल, बिओपी बरैनियाका सशस्त्र प्रहरी निरिक्षक लक्षमण जोशी , बिओपी कवही गोठका सशस्त्र प्रहरी निरिक्षक प्रेम बिष्ट , न १२ गणका सशस्त्र प्रहरी निरिक्षक उमेश आले , छतवा,सनफुलवा, दझिण झिटकैया का प्रमुख, संचारकर्मी भरतसरार्फ, कलैया उपमहानगर वडा न १० का अध्यक्ष महम्मद समीर ठकुराई लगायतका उपस्थिति रहेकोथियो ।
सशस्त्र प्रहरी बल द्वारा संचालन गरेको कपाल काटने शिपमुुलक तालिम सम्पन्न ,, सप्रउ केसी बाट १२ जनाले पाएँ प्रमाणपत्र ।
byभरत सर्राफ
•
•
2 min read
0
