गेस्ट हाउसमा युवकको विभत्स हत्याः युवती बेपत्ता

जनकपुरधाम, ४ साउन । जनकपुरधामको जीरोमाइलस्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिवार राति एक युवकको धारिलो हतियार प्रहार गरी एक तला माथिबाट खसालेर विभत्स हत्या गरिएको छ।
हत्या हुनेमा महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेको प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरूणबहादुर सिंहका अनुसार, शनिवार राति करिब ३ बजे युवकलाई धारिलो हतियार प्रहार गरी खसालेको अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि उपचारका क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको थियो।
प्रहरी स्रोतका अनुसार, मृतक यादव एक युवतीसँगै होटलमा बस्न आएका थिए। प्रहरीको प्रारम्भिक अनुमानले ती युवतीले नै हत्या गराएको हुन सक्ने आशङ्का गरेको छ।
हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले गरिरहेको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?