सशस्त्र प्रहरी बल बाराका अवैध कारोबारी बिरुद्ध कडा अप्रेसन , ठाउ ठाउको नाका इलाकाबाट लाखौंको अवैध समान बरामद ।

भरत सरार्फ पर्सा ०४ श्रावण / सशस्त्र प्रहरी बल बाराले विगतको समयदेखि नै अवैध कारोबारी , चोरी पैठारी , तस्करी बिरुद्ध कडा अप्रेसन चालेकाछन । छिन्नामस्ता बहिनी बर्दिवास महोत्तरीका बिहिनिपति ( डिआइजी ) कृष्ण ढकालको कडा निर्देशन र सशस्त्र प्रहरी बल न १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको कडा अप्रेसनले बाराको सिमा इलाकामा अवैध कारोवारी , चोरी निकासी , तस्करी
गर्नेहरुको लागि नाका सिलनै भएको जस्तै अप्रेसन चालेका स्थानीयहरुले बताए । खुल्ला लामो सिमा भएको कारण अक्लझुक्ल भारतबाट अवैध तरिकाले नेपाल भित्र ल्याइहालेको छ भने गणबाट खटिएका अप्रेसन टोलिले झ्यापै नियन्त्रणमा लिइहाल्दो रहेछ , नाम नबाताउने शर्तमा एक कारोवरीले बताए । सोही क्रममा गणबाट खटिएका अप्रेसन टोलिले सिमा इलाकाको मटिअर्वा र जितपुरबाट २ लाख बराबरको अवैध कपडा बरामद गरेकाछन । बरामद गरेका उक्त समानको अ २ लाख मुल्यांकन गरि आवश्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?