एपिएफ ईन्टलिजेन्स ब्युरो प्रमुख डिआइजि शाहको लागू औषध कारोबारी बिरुद्ध कडा प्रहार , १ लाख भन्दा बढि लागूऔषध ट्यावलेट वरामद।


सशस्त्र प्रहरी  ईन्टलिजेन्स ब्युरो  प्रमुख डिआइजी दिपेन्द्र शाहले ब्युरोको जिम्मेवारी सम्हाले देखि लागू औषध कारोबारी बिरुद्ध कडा प्रहार गर्दै आइरहेकाछन ।       लागूऔषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले मिति २०८३/०५/२२गते ललितपुर बाट ठूलो परिमाणमा लागूऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा  अन्दाजी १५:३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।

पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल तथा Honda Dio स्कुटर एक थान बरामद भएको छ साथै ललितपुर महानगरपालिका-७ स्थित डु पाक स्थायी वतन जिल्ला काभ्रे पनौती नपा-०१ पर्खालचौर घर भई सुनिता महर्जनको घरमा कोठा भाडामा बस्ने वर्ष अ.४२ को अर्जुन भुजेलको कोठामा सुत्ने खाट मुनि रहेको सोकेश भित्र थप ८९१०० क्याप्सुल गरि जम्मा  १,०६,५०० थान लागू औषध ट्रामाडोल बरामद गरेको।



इन्टेलिजेन्स ब्युरोका अनुसार ‘K.G.F. Chapter–2’ नामबाट ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि विशेष अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा दुई लाखभन्दा बढी लागूऔषध बरामद गरिएको थियो।
लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका बारे अनुसन्धान अघि वढाउन  वरामद लागुऔषध तथा नियन्त्रणमा लिएका ब्याक्ति नेपाल प्रहरी लाई वुझिएको छ। 

                         साथै ,
मिति २०८३/०५/२४ गते अ.१३:३५  बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल  ईन्टेलिजेन्श ब्युरोबाट खटी गएको  सिसि टिमले लागू औषध कारोबार भई रहेको छ भन्ने विशेष सुचनाको आधारमा  जिल्ला पर्सा बिरगंज महानगरपालिका-१६ लिङ्करोड स्थित होटल अमन प्यालेसको २०५ नम्बर कोठा बसिरहेका देश भारत मोतिहारी जिल्ला रक्सौल-१३ बस्ने वर्ष अ.३५ को  विशाल कुमार कुशवाहालाई  अन्दाजि १३२.३२ ग्राम  लागू औषध ब्राउन सुगर जस्तो पदार्थ सहित BR 05 BS 0419 कालो कलरको HF Discover Pro मोसा थान-१ ,एन्ड्रईड मोबाईल थान-१,नेपाली  रुपया -३२,१००। र भारतिय रुपया ४,२००।नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई वुझाउने प्रकृयामा रहेको।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?