सशस्त्र प्रहरी बल बाराले विभिन्न सिमा इलाकाहरुबाट ७ लाख बराबरको अवैध समान बरामद गरे ।

पर्सा ०१ श्रावण / सशस्त्र प्रहरी बल नेपाल बाराले विभिन्न सिमा इलाकाहरुबाट ७ लाख बराबरको मो सा समेत अवैध समनाहरु बरामद गरि भन्सार दाखिला गरेकाछन । सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरले जितपुर सिमरा वडा न १ ढाटगाँउ स्तित सिमा इलाकाबाट BR05 D5510 न को मोसा मा प्रतिबन्धित भरतिय बोइलर कुखरा बरामद गरेकाछन । बरामद गरिएका कुखरा स्थानीय , जनप्रतिनिधि र पत्रकारको रोहबरमा नस्ट गरि सोमा प्रयोग गरिएका मोसा लाई १ लाख १८ हजार मुल्यांकन गरि आवश्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा मटिअर्वाले १ लाख ६० हजार बराबरको मोसा समेत २०० केजि चिनि बरामद गरे , बिओपि बरैनियाको एफओबि छतवा को सशस्त्र प्रहरी नायब निरिक्षक बिक्रम पौडेलको कमाण्ड खटिएको टोलिले फेटा गापाको वडा न १ नहरबाट १,६१,८५० / बराबरको ७७ पिस कुर्था सुरुवा , २४७ मिटर कपडा बरामद गरे , जिल्ला सुरक्षा बेस कलैयाले ९३ हजार बराबरको किराना र कस्मेटिक समानहरु बरामद गरेकाछन ।
बरामद गरएका मोसा समेतका समानहरुको ७ लाख मुल्यांकन गरि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी नेपाल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?