लागूऔषध ओसारपसारमा संलग्न तीनजना पक्राउ

वीरगंज, ३२ असार । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध एम्पुल ओसार पसार कार्यमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
असार २९ गते बारा जिल्लाको आदर्श कोतवाल गा.पा.वडा नं.४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेटमा बेवारिसे अवस्थाबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्र जयनगर बाराबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध एम्पुल ४५०० पिस बरामद गरेको थियो । सो लागूऔषध लुकाई छिपाई राखेको प्रहरी अनुसन्धानबाट खुलेपछि तीनजनालाई लागू औषध ओसार पसारमा कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ३० गते पचरौता न.पा.वडा नं.२ चपुरी चौकबाट भारत, बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना वडा नं.२ रेगनीया टोल बस्ने वर्ष १९ को कन्हैया कुमार यादव., बिजबनी पञ्चायत थाना जितना वडा नं.१ बलुवा टोल बस्ने वर्ष २० को वकिल कुमार यादव र रेगनीया टोल बस्ने वर्ष २६ को बलिराम कुमार यादवलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?