५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको डुमरा निवासी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रहरी चौकी मुसहर्वाबाट बरिस्ठ प्रहरी नायव निरिक्षक जीवन खडकाको कमाण्डमा खटिएको टोलीले बाराको विश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर स्कुल नजिकैबाट शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालबाट भारततर्फ टाउकोमा कालो झोला बोकी लुकीछिपी गइरहेका अवस्थामा देखिएपछि प्रहरीले उनलाई रोकी जाँचका क्रममा उनको झोलाबाट करिब पाँच किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । पक्राउ परेका शर्मामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?