पर्सा ०६ मंसिर / सशस्त्र प्रहरी बल द्वारा अत्याधुनिक हतियार सहित आचार्यलाई पक्राउ गरेकाछन । १५:३० बजे रौतहट, चन्द्रपुर नपा ४ चन्द्रपुर स्थित देउरालीचोकमा सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा सशस्त्र प्रहरी बल रौतहटको टोलीले पैदल हिडि रहेको जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने गुण वहादुर आचार्यको छोरा अ.वर्ष २२ को सुमन आचार्यलाई चेक जाँच गर्दा मेड ईन ईटाली लेखेको Bereta पेस्तोल थान-१, ऐ को म्याग्जिन थान-१,Browning पेस्तोल थान १ ,ऐ को म्यागजिन थान १ , राउण्ड -१३ गोटा र खुकुरी थान १ सहित नियन्त्रणमा लिई आवस्यक कानुनी कारबाहिको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल न २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जानकारी दिए ।
