जिल्ला प्रहरी कार्यालय पर्साको ठुलो सफलता । पण्डित र ठाकुरको हत्यारा पक्राउ ।




पर्सा २० अषाढ / जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो सफलता पाएकाछन । प्रहरी उपरीक्षक कुमोद ढुंगेलले राम एकबाल पण्डित र सुरेस ठाकुरको हत्यारा लाई पक्रन सफल भएकाछन । २०८१/२/२९ गतेको दिन जिल्ला बारा कलैया उमनपा वडा न ५ बस्ने बर्ष ५५ को राम एकबाल पण्डित र जिल्ला बारा आदर्श कोतवाल गापा वडा न ५ बस्ने बर्ष ३४ को सुरेस ठाकुरलाइ झारफुक काम झाक्रीको बहाना बनाइ पर्सा जिल्लाको जगरनाथपुर गापाका वडा न १ बिसुनपुर्वा टोल ओरिया खोलामा लगि मृतकले लगाएका गम्छाले दुबैजनााको हत्या गरि खोला छेउमा खाल्टो खनि गाडेको थियो ।  घटनाको जानकारी पाउन साथ    जिल्ला प्रहरी कार्यालय पर्साको टोलि forensic doctor र तालिम प्राप्त कुकुर सहित  घटना स्थल पुगेर शवलाइ निकाली पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएर 
घटनाको अनुसन्धान गर्दै जाँदा परिवारिक रिसवी र जग्गा  जिमिनको कारण आठ लाख रुपैयाँ ( सुपाडी ) दिइ योजनाबद्ध तरिकाले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस सम्मेलन गरि जानकारी दिए । हत्याका मुख्य योजनाकार जिल्ला पर्सा जगरनाथपुर गापा वडा न ५ बस्ने बर्ष ३२ को सतोष प्रसाद कुम्हार , महादेव महतो नुनिया र बारा कलैया उमनपा वडा न ५ को लक्षमण कुमार प्रजापतिलाई नियन्त्रणमा लिइ कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइहरेको  हत्यामा सगलन रहेकाको पहिचान भइसकेकोले खोजि कार्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवंम सुचना अधिकारी दिपक भारतिले जानकारी दिए
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?