सशस्त्र प्रहरी पर्साद्वारा २३ कार्टुन बोइलर कुखराको चल्ला बरामद ।




पर्सा १९ अषाढ / सशस्त्र प्रहरी बल पर्साले २३ कार्टुन बोइलर कुखुरा को चल्ला बरामद गरेकाछन । बिओपि अमरपट्टीबाट खटिएको टोलीले जि.पर्सा विन्दवासिनी गा.पा.-०४ ईटियाहि चौकबाट भारतबाट अबैध रुपमा भन्सार छली मो.सा. मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मु. रु. २,३०,०००।- बराबरको २३ कार्टुन (२,३०० गोटा) बोईलर कुखुराको चल्ला बरामद गरि बिओपि अमरपट्टीको चौरमा नेपाल प्रहरी, सञ्चारकर्मी, पशु 


 क्वारेन्टाईन र स्थानिय भद्र-भलादमीको रोहवरमा खाल्डोमा पुरि नष्ट गरिएको साथै उक्त मो.सा.को रु. १,२५,०००।- मुल्याङ्कन गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३  गण हे पर्साका सशस्त्र प्रहरी उपरीक्षक 
एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?