पर्सा १९ अषाढ / सशस्त्र प्रहरी बल बाराले लागू औषध
चरेस समेत दुई भारतिय नागरिक लाई पक्राउ गरेकाछन ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बाराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवाल को कमाण्डमा खटिएको टोलिले मंगलबार सनिश्चरा मठ इलाकामा २२:१० मिनेटको समयमा चेकजााच गर्ने क्रममा BR05 BE0767 नम्बरको मोटरसाइकलमा 

दवार दइ जना चेक गर्दा हेल्मेट भित्र र
मो सा को सिट मुनि १०,२३० ग्राम लागू औषध चरेस लुकाइछिपाइ भारत तर्फ जन्दै गरेको अवस्थामा भारतको मोतिहारी जिल्ला बस्ने मनिष कुमार र भरत साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको सशस्त्र प्रहरी श्रोताले बताए ।।
