सशस्त्र प्रहरी पर्साद्वारा रु. ९ लाख - बराबरको बोइलर कुखुराको चल्ला समेत यादव पक्राउ ।




पर्सा २१ अषाढ / सशस्त्र प्रहरी बल न १३ हे क्वा   पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा-२ पानी ट्याङकीबाट भारतबाट अबैध रुपमा BR 22 H 6817, ना ५३ प ७७६१, बा ३६ प ७२७३ नम्बरको मो.सा. मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ५,२०,००० ।- बराबरको ५,२०० (५२ कार्टुन) प्रतिबन्धित बोईलर कुखुराको चल्ला, ३ (तिन) वटा मो.सा. र भारत जिल्ला पुर्बि चम्पारण नुनियाडि ग्राम पंचायत- ८ महादेवा बस्ने अं. बर्ष ३८ को सुरेश यादबलाई नियन्त्रणमा लिई चल्लाहरु स्थानिय संचारकार्मी, क्वारेन्टाईन कार्यालयका प्रतिनिधि र 


 स्थानिय जन प्रतिनिधिको उपस्थितिमा  नं. १३ गणको खुल्ला चौरमा खाल्डो खनि नष्ट गरिएको र निज सुरेश यादवलाई ३ (तिन) वटा मो.सा. सहित आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
 साथै आजकै मितिमा बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गा.पा-०४ ईटियाहिबाट भारतबाट अबैध रुपमा BR 05 V 0441 र BR 05 AL 2596 नम्बरको २(दुई) वटा मो.सा. मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ३,८०,०००। बराबरको ३,८०० (३८ कार्टुन) प्रतिबन्धित बोईलर कुखुराको चल्ला मो.सा. सहित नियन्त्रणमा लिई चल्लाहरु वि.ओ.पि. मा नष्ट गरेको र मो.सा. लाई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?