बारा २३ जेठ / बारा जिल्ला बिश्व प्रसिद्ध धार्मिक स्थलको रुपले चिनिने जिल्लाहो । बरियापुरमा स्थपित विश्व प्रसिद्ध गढीमाता सिम्रोनगढका कंकालि माता को नामले प्रसिद्ध भएकाछन । तर उस्तै त्रेतायुगबाट नै स्थापित भएका बारा जिल्लाकै परवानिपुर गाउँ पालिकाको वडा न १ बुनियाद स्तिथ प्रचिन शिवलाय मठ र रक्तमाला माताको मंदिर जिण अवस्थामा रहेछ ।
रक्तमाला माताको बरेमा स्थानीयहरु बताउँछन् । यो प्राचीन शिवलयको सात सय बर्ष पुरोनो ईतिहास बोकेको मठहो । त्रेतायुगमा यस मठ भित्रबाट रक्तमाला माता ( कालिमाता ) निस्किनु हुन्थ्यो । र पुरै गाउँ घुमेर मंदिर भित्र जानु हुन्थियो । त्रेतायुगमा राजा दक्ष प्रजापति ( सति माताको बुवा ) ले दिएको त्रिशूल अहिले 

पनि यहाँ स्थापित छ । यो मठमा योगमाया गिरी बंगालबाट र महाराज प्रकाश ठाकुर नासिकका साधना गरेकाछन । कुवा ( इनार ) लाई सरसफाइ गर्ने क्रममा सोनाको इटा र कलश समेत फेला परेको शिवलाय मठका ब्यवस्थापक अवधेश कुमार मण्डलले बताए । यस मठमंदिरको मुनि भित्र जाने बाटो अहिले पनिछ । जुन रक्तमाला माता बस्नुहुन्थियो । यस प्रा
चीन शिवलाय मठले धेरै इतिहास बोकेका कुराहरु छन ।जुनयहाँ साधना गरिसकेका महाराज प्रकाश ठाकुरले बताउनु हुन्छ । यस प्राचीन 

शिवलायको संरक्षण र भु माफियाको कब्जामा रहेको मठको जग्गाको संरक्षण र प्राचीन शिवलाय मठ संचालन र निर्माण गर्ने उदेश्यले शिवलाय मठ द्वारा जेठ २६ गते सनिवार एक कार्यक्रमको आयोजना गरिएकोछ । नेपाल हिन्दु अधिराज्य र्पुन : स्थापना मंचका अन्तर्राष्ट्रिय सस्थापक अध्यक्ष डा तथा इंजीनियर बिष्णु प्रसाद बरालको प्रमुख अतिथिमा हुनगइरहेको कार्यक्रम यस प्राचीन शिवलायको इतिहास संग जोडिएका महाराज प्रकाश ठाकुर योगमाया गिरि लगायत नेपाल
र भारतको ठुला ठुला संत र महंथहरु आउने प्राचीन शिवलाय आयोजक कमिटीको संयोजक अवधेश कुमार मंडलले बताए ।
