सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले अवैध चोरी पैठारी नियन्त्रणमा विशेष अप्रेसन संचालन गरि ६ लाख ३७ हजार बराबरको अवैध कपडाहरु बरामद गरेकाछन । उपरीक्षक शिलवालको विशेष सुचनाको अधारमा बिओपि बरैनियाबाट खटिएको टोलिले बुधबार भारतबाट अवैध तरिकाले चोरी पैठारी गरि विश्रामपुर गापा वडा न ४ लचका बाट लैजान्दै गरेको अवस्था तिनवटा साइकलको प्रयोग गरि १५७२ पिस
लेडिज सुट र साइकल बरामद गरेकाछन । बरामद गरिएका समानहरुको ६,३७०००/ मुल्यक गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बिक्रम मणि अधिकारीले जानकारी दिएँ ।

