पर्सा२२ जेठ / सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजसलको कमाण्डमा खटिएको टोलि र बिरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा शिवम स्टिल प्रा.ली.को गोदाममा अबैध रुपमा भण्डारण गरी राखेको मुल्य रु.७,५९,६५०। बराबरको कपडा, ल्यापटप तथा अन्य 

सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ । साथै आजकै मितिमा प्रस्तावित सिमा सुरक्षा गुल्म विरगंज खटिएको टोलीले बिरगंज भन्सार ईलाकाबाट भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु.४,००,०००।- बराबरको कपडा तथा बिमनपा-२५ सिर्सिया ईलाकाबाट ना ५३ प ९३६३ नम्बरको मोसामा भारतबाट भन्सार
छली नेपालतर्फ ल्याउदै गरेको मूल्य रु.३,१०,०००। 'बराबरको थानको कपडा र मोसा 

नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको।
सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए । सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले साडे दुई महिना भित्र ५ करोड भन्दा बढीको भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेका समानहरु बरामद गरि भन्सार दाखिला गरेकाछन ।
