पर्सा २० जेठ / प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलि र बिरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा ऐ.ऐ निवासि ब्यक्तिको फुड प्रोडक्टमा अबैध रुपमा भण्डारण गरी राखेको मुल्य रु. ५८,०५०।- बराबरको पुजामिश्री तथा चिनि र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले बिमनपा १६ भन्सार ईलाकाबाट भारतबाट भन्सार छली नेपाल तर्फ ल्या

उदै गरेको मूल्य रु.३,०३,३०५।- बराबरको किराना सामान, काजु, कस्मेटिक तथा लताकपडा तथा
बि.म.न.पा. १६ भन्सार मेनगेट ईलाकाबाट भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मधेष प्रदेश ०३-००२ ह ४९७८ नम्बरको अटोमा मुल्य रु. ४५०००।-बराबरको १५ वटा Hard Drive र अटोको मुल्य रु २,९५,०००।- बराबरको बरामद गरि आवश्यक कारवाहीको लागी विरगंज भन्सार कार्यालयमा बुझाएको ।तथा आजकै मितिमा बिमनपा -२५ स्थित 

चन्डाल चोकबाट BR २२AF ८८७९नम्बरको मोसामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मूल्य रु. १,५०,००० बराबरको लिची र उक्त मोसा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे । क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जा
नकारी दिएँ ।
