सशस्त्र प्रहरी बल पर्साले हुण्डीको रकम सहित एक भारतिय नागरिक लाई नियन्त्रणमा लिएँ ।



पर्सा ३० जेठ / सशस्त्र प्रहरी बल पर्साले हुण्डीको रकम सहित एक भारयिय नागरिक लाई पक्राउ गरेकाछन ।  जि.पर्सा बि.म.न.पा -१६ भन्सार मेनगेट  ईलाकामा  प्र.सि.सु.गुल्म बिरगंजबाट खटीएको  चेकप्वाईन्ट टोलिले  भारतको रक्सौलबाट  बिरगंजतर्फ आउदै गरेको   BR06AR 9411न को मोटरसाइकल  तथा उक्त मोटरसाइकलमा सवार ब्याक्तिलाई चेकजाँच गर्दा  निज भारतिय नागरिकले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको  रु. ६,००,०००।- श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको हुँदा निजलाई मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?