४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत दान गरेका छन् ।

रगत दान गर्नेहरूमा रन्जु देवी,रेणु देवी, पिंकी पाण्डे,रामविद्या चौधरी, सपना अग्रवाल, देवी सहाय मिना, ईश्वरचन्द्र यादव, हरिशंकर शर्मा, तरूण कुमार, सन्जिव कुमार, चन्दन श्रीवास्तव लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगंजका राजन श्रीवास्तवले जानकारी दिए ।

रक्तदान कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना, रेडियो वीरगंजका अध्यक्ष ध्रुब साह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

पर्सामा रक्तदाता सम्मानित
विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले  एक कार्यक्रमको आयोजना गरि विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।

शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेलले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गरेका छन् ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी एफ.एम १०३.८ मेगाहर्ज सहित १०१ संस्था र व्यक्तिलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रम सबैभन्दा धेरै रक्तदान गर्ने, नि शुल्क रक्तदान गर्ने २० जना व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?