सशस्त्र प्रहरी बल पर्साले २८ लाख ६५ हजार बराबरको अवैध समान बरामद गरे ।



  पर्सा ३० जेठ / सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध 
तरिकाले भन्सार छलि गोदाममा भणडार गरि राखेको रु २८ लाख ६५ हजार ६ सय बराबरको अवैध समान बरामद गरेकाछन । म ंगलवार विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साबाट र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलि साथै बिरगंज भन्सार कार्यालयको संयुक्त टोलिले    बिमनपा -१९ बर्वा स्थित एक घरमा भारतबाट भन्सार छलि ल्याई बेवारिसे अवस्थामा गोदाम भणडार गरि  राखेको  lakme complexion cream -१४,५९२ पिस,(मूल्य रु.१४,५९,२०० ) Lakme moisture riser-१६,१२८ पिस-(मूल्य रु.८,०६,४०० ) गरि मूल्य रु २२,६५,६००।- बराबरको १६ पोका  ल्याक्मि क्रिम र ऐ.ऐ.मा नै भारतबाट भन्सार छलि  ल्याई घर धनी कोहि नभएको घरमा अबैध रुपमा गोदाम गरि राखेको   मूल्य 


 रु.  ६,००,०००।-  बराबरको Moong daal -३०००के.जि.  (१२० बोरा)   गरि जम्मा  मूल्य  रु. २८,६५,६००।-  बराबरको सामानहरु  फेला परेको हुदा उक्त सामान नियन्त्रणमा लिई मिति  २०८१/०२/३० गते आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको । सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले बताएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?