सशस्त्र प्रहरीको चेकिङ टोलीले लागू औषध गाजा समेत एक नेपाली र दुई भारतियलाई पक्राउ गरे ।




बारा २३ कार्तिक / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बाराले लागू औषध गाजा बरामद गरेकाछन । सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी) कबिन्द्र महर्जन को कमाण्डमा खटिएको स प्र ब ह सुवाष खडकाको टोली 
र प्रहरी चौकि मटिहर्वा को सयुक्त टोलिले नहरमा चेक जाँच गर्ने क्रममा बुधबार बेलुका अ २०: ३०  बजेको समयमा कलैयातर्फ बाट आउन्दै गरेको प्र २-०३-००१ह ९१० न को अटोमा लुकाइ छुपाइ राखेको १५ किलो लागू औषध गाजा फेला परेकोथियो । फेला परेका ला औ गाजा समेत अटोमा सवार कलैया वडा न १२ बस्ने रसुल अंसारिको छोरा बर्ष २८ को ताहिर असारी 
भारत बिहार पुर्वी चम्पारण जि मोतिहारी आघापुर वडा न
४ बस्ने रोदिन मियाको छोरा बर्ष २१ को इसराइल मिया
हवारी र जितु मियाको छोरा बर्ष ३५ जाकिर मियालाइ नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि  प्रहरी 
चौकि मटिहर्वा पठाइएको श्रोत ले बताए
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?