सशस्त्र प्रहरीबल बिओपी बरैनिया बाराले २ लाख ५५ हजारको कपडा बरामद गरे ।




बारा २२ कार्तिक / सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको बिओपी बरैनियाले २ लाख ५५ हजार बराबर 
को कपडा बराबद गरेकाछन । विशेष सुचनाको अधारमा 
बरैनिया बाट सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा रहेको टोलिले रातिको समयमा भारत बाट चोर बाटो प्रयोग गरि नेपाल तर्फ ल्याउन्दै गरेका कपडा बोकेका तस्करहरुले  सशस्त्र प्रहरीको टोलि देख्न साथ  उक्त कपडा फाली भारत तर्फ फरार भएकोथियो । बरामद गरिएका कपडाहरु आवश्यक कारवाहिकोलागि 


 भन्सार कार्यालय 
बिरगंज दाखिला गरेकाछन । बिओपि बरैनियामा आएका      सप्रनी थापाले असोज देखि कार्तिक २२ गते सम्म मा १२ लाख ६९ हजार ६ सय ५५ को समान तथा 


 समान बोक्ने 
मोटरसाइकल नियन्त्रण लिइ आवश्यक कारवाहिको लागि 
भन्सार कार्यालय बिरगंज दाखिला गरिसकेको श्रोत बताए 
त्यस्तै नेपालमा प्रतिबन्धित भारतिया बोवाइलर जिउदो 


 कुखारा २००सय किलो र कुखराको मासु १०० सय किलो     बिओपी पेरिमिटर भित्र नस्ट गरेकाछन ।
एक कारोवारीको अनुसार " यो बिओपी पति थापा भुत जस्तै दिन भरि रात भरि सिमानाकाहरुको जंगल झाडिहरु
मा मात्र बसिरहन्छ । कुनै  बेलापनि हामीले समानहरु भारतबाट नेपाल तर्फ लिएर पस्न खोज्न बितिकै झ्याप्पै समातेर


लग्दिन्छ उसले भने । हामिलाइ संगठनले दिएको जिम्मेवारी लाई पूरा गर्ने छु ।
 म यहाँ रहुन्न्जेल यहाबाट हुने चोरी निकासी तस्करी जिरो टोरेरेस बनाउनेछु । तपाइहरुको साथ र सहयोगको अपेक्षा गर्दछु सप्रनि थापाले भने । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?