सशस्त्र प्रहरी ले ५ लाख बराबरको हुक्का को फ्लेवर बरामद गरे ।


पर्सा २४ कार्तिक / सशस्त्र प्रहरी ले बजार मूल्य अ ५ लाख बराबरको विभिन्न किसिमको हुक्का को फ्लेवर बरामद गरेकोछ । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी 
बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सार
को सशस्त्र प्रहरी नायव उपरिक्षक ( डिएसपी ) देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलिले अ बिहान ४: बजेको समयमा  बिमनपा वडा न १६ रजन ज्यन्ती 


 चौक बाट अटो रिक्सामा लोड गरिरहेको अवस्था पक्राउ गरिएकोछ । साथै  ६ बोरा नारिवल भारत बाट अवैध
रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको अवस्थामा बरामद गरेकाछन । बरामद गरेका उक्त समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल न १३ हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरिक्षक ( डिएसपी ) एवँम प्रवक्ता संगम श्रेष्ठले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?