साढे आठ हजार किलो गहुँसहित टयाक्टर नियन्त्रण

वीरगंज, १७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएका आठ हजार ५६० केजी गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
 
बुधवार बिहान भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगंजतर्फ आइरहेको ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको आठ हजार ५६० किलो गहुँ सूचनाको आधारमा प्रहरीले वीरगंज वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा नियन्त्रण लिएको थियो । प्रहरीलाई देख्ने बित्तिकै चालकले टयाक्टर छाडेर फरार भएका थिए ।
 
टयाक्टर र गहुँ कारबाइको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?