सशस्त्र प्रहरीबल द्वारा १४ दिन भित्र ५८ लाख बराबरको भन्सार छली तस्करी को सरसमानहरु पक्राउ




सशस्त्र प्रहरीबल नेपाल न १३  गण हे क्वा पर्साले भन्सार छली तस्करीका सरसमानहरु धमाधम पक्राउ गरेकाछन । बिगतको लामो समय देखि १३ न गणको माताहतमा रहेका बिओपी र गुल्महरु भन्सार छली तस्करीको सरसमानहरु पक्राउ गरि बिरगंज भन्सार कार्यालय दाखिला गर्दै आइहरेकाछन ।१३ न  गणको गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य आएदेखी असोज १ गते देखि असोज १४ गते सम्म मा विभिन्न नाकाहरुबाट तस्करी को सरसमानहरु पक्राउ गरेकाछन । पक्राउ गर्ने मा सबै भन्दा बढी सशस्त्र प्रहरीबल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्ड खटिएका टोलीले पक्राउ गर्न सफल रहेका 
छन ।


 भन्सा र छलि तथा तस्करीको सामग्री यस किसिमका पक्राउ परेका छन्। २,५३,४०० दुई लाख तिरपन हजार चारसय को काठ बरामद, २२,५०० बाइस हजार पाँच सय को ८५ पचासी केजि बोईलर कुखुरा, ९६,११३ छ्यान्वे हजार एक सय तेरह को दुई झोला औषधि, ८०,००० असी हजार को हुण्डी भारतीय रुपैयाँ, २१,६८,६४१ एक्काइस लाख अर्साठी हजार छ सय एक्चालिस को लता कपडा, ७०,४६० सतरी हजार चार सय साठी को हार्डवेयर को सामग्री।


२,५१, १४८ दुई लाख एकाउन हजार एक सय अडचालीस मूल्यको खाद्यान्य वस्तु , २३,२०० तेइस हजार दुई सय मूल्य बराबरको किराना सामग्री, ४५,८०० पैतालिश हजार आठ सय मूल्य बराबरको पशु चौपाय , ४४,००० चौवालिस हजार बराबर मूल्यको मदिरा, १,०५,००० एक लाख पाँच हजार मूल्य बराबरको मोटरसाइकल नियन्त्रण , २५,००,००० पचिस लाख मूल्य बराबरको कार, १,००,००० एक लाख मूल्य जतिको ई रिक्शा, २०,००० बीस हजार मूल्य जतिको साइकल नियन्त्रण गरी भन्सार पठाइएको तथ्यांकले प्रस्ट पार्दछ।


लागू औषध को विवरण केही यस प्रकार छन्। लागू औषध गाँजा १० किलो, नोफिन १२० येम्पुल , डाईजापान १२० येम्पूल , फेनार्गन १२० येमपुल बरामद भएको१३ न गणको  सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम प्रबक्ता संगम श्रेष्ठले जनकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?