बारा १८ असोज / सर्पको टोकाइबाट बुधबार एक ६० वार्षिय महिलाको
मृत्युु भएकोछ । विश्रामपुर गाउपालिकाको
वडा न ५ इटियाहीको कमल साह सोनारको श्रीमतीलाइ बाख्रा चराउने क्रममा गौमन सर्प
टोकेकोथियो ।उनी संगै भएका साथीहरु
ले सर्प टोकेको ठाउमा साडी च्यातेर बाधेर नारायणी अस्पताल बिरगंज लगेकाथिए ।
तर डाक्टरले उनलाइ बचाउन असफल भए ।
मृतकको छोरा र आफन्तहरु बाहिर भएका
का कारण उनको दाह संस्कार बिहिबार गर्ने
परिवारजनले बताए ।
