नक्कली मतपत्रसहित जसपाका नेता यादब पक्राउ


बारा। बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । श्रोत को अनुसार जसपाको कार्यकार्ताहरुले बुथ कब्जा गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएकोछ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?