बारा २ मा प्रहरी प्रशासन कै मिलोमतमा बुथ कब्जा भएको ाआरोप > राउत


बारा १० बैशाख  / जनमत पार्टीले बारा २ मा प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा भएको आरोप लगाएको छ । उपनिर्वाचनअन्तर्गत बारा २ मा आज भइरहेको मतदानको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले केही बुथ कब्जा भएको र प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप लगाए ।

‘पचरौताको बेलदारी बुथ कब्जा भएको छ । हाम्रो एजेन्टलाई छिर्न दिएको छैन । जसपा कार्यकर्ताले मार्ने धम्की दिएको छ । तीन–चार दिनअघिदेखि नै बेलदारी गाउँभित्र हामीलाई प्रचार–प्रसार तथा घरदैलोका लागि समेत छिर्न दिएको छैन,’ उनले भने । देवतालको झिटकैया बुथमा पनि कब्जा गरिएको राउतको दाबी छ ।

‘इछ्याएको व्यक्तिले अर्काको मतदान गर्न सक्ने माइन्युट गराइएको थियो । सर्वदलीय बैठकको नाम यसरी बुथ कब्जा गर्न खोजिएको छ । प्रहरी प्रशासनलाई पटक–पटकभन्दा पनि त्यहाँ सुरक्षा दिएको छैन,’ उनले भने । अन्य एक–दुई बुथ पनि अहिलेसम्म कब्जाकै स्थितिमा रहेको उनको भनाइ छ । ‘प्रहरी प्रशासनको पनि मिलेमतो छ । पटक–पटक अनुरोध गर्दा पनि सुरक्षा दिएको छैन । जबर्जस्ती धम्क्याएर मत लिइरहेको छ,’ राउतले सञ्चारकर्मीसँग भने 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?