प्याब्सन यु–१२ः अल्पाइन मावि विजयी

वीरगंज, ४ फागुन ।
प्याब्सन वीरगंज यु–१२ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन मावि ९ विकेटले शानदार विजयी भएको छ ।
ज्ञानदा एकेडेमीको खेल मैदानमा आज मिनील्यान्ड मावि र अल्पाइन माविबीच खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको मिनील्यान्ड माविले १० ओभरको खेलमा ४ विकेटको क्ष्Fतिमा ८३ रन बनाएको थियो । प्रतियोगितामा मनीष कुमारले २५ र सचिन कुमारले २४ रन लिएका थिए ।  
जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन माविले एक विकेटको क्ष्Fतिमा चार ओभर खेल्दै ८७ रन बनाएर विजयी भएको थियो ।
प्रतियोगितामा रविकिसनले ४२ रन र अपूर्वले २० रन बनाएको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?