“भदौ २३ को स्मरण गर्दै जेन्जी अभियन्ता कृष्ण मोहन सहनीको चेतावनी— बालेन सरकार ढाल्न २३ गते निर्णायक आन्दोलनको घोषणा !”




 जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले बालेन नेतृत्वको सरकारमाथि जनताले दिएको लोकप्रिय मत र जनभावनाको कदर नगरेको आरोप लगाउँदै खुला चेतावनी दिएका छन्। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी २३ गते निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन्।


सहनीले विगतको भदौ २३ गतेको घटनालाई स्मरण गर्दै त्यसबाट पाठ सिक्न सरकारलाई आग्रह गरेका छन्। जनताले परिवर्तन र सुशासनको अपेक्षासहित दिएको मतलाई सरकारले सम्मान गर्न नसकेको उनको आरोप छ।


उनले जनताको आवाजलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास गरिए त्यसको प्रतिरोध सडकबाटै गरिने चेतावनी दिएका छन्। “जनताको लोकप्रिय मतको कदर हुनुपर्छ, जनभावनाविपरीत शासन स्वीकार्य हुँदैन,” भन्ने धारणा राख्दै सहनीले २३ गतेको आन्दोलनलाई निर्णायक बनाउने बताएका छन्।


सहनीका अनुसार आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई जनताको अधिकार, जनमतको सम्मान, सुशासन र जवाफदेहिताका लागि केन्द्रित हुनेछ। उनले युवाहरू तथा आम नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।


उनको यो घोषणासँगै आगामी २३ गते हुने भनिएको आन्दोलनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रमा चासो बढेको छ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?