गाँजासहित वीरगन्जबाट ४ जना पक्राउ

फाइल फाेटाे

वीरगन्ज,२चैत: प्रहरीले वीरगन्जबाट लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई गाँजा सहित पक्राउ गरेको हो ।

उनीहरुलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मिया अटो चालक हुन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

The post गाँजासहित वीरगन्जबाट ४ जना पक्राउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?