भदौ ०९ गते बिहान ९: बजेको समयमा विश्रामपुर गाउँपालिका बारा वडा न ३ मुसहरवा बस्ने राज कुमार
गुप्ताको ११ वार्षिय छोरा मिठु भनिने राजेश कु गुप्ता हरायको भनि प्रहरी चौकी मुसहरवामा खवर प्राप्त हुनसाथ प्रहरी चौकी मुसहरवाबाट प्रहरी नायव निरिक्षक ( सइ ) मनोज साह सोनारको टोलिले तिर्वरुपमा खोज तलाश गर्दै जान्दा ११ गते बिहिबारको दिन भारतको बिहार मोतिहारी जिल्ला नुनियाडि पञ्चायत वडा न १ अहिरवाटोल स्तिथ सिंहा नदि किनारमा मृत अवस्था फेला परेकोथियो । घटनाको अनुसन्धानको क्रममा cctv फुटेज र स्थानीय मानिसहरुको भनाइ र भारतिय प्रहरी संगको समन्वय समेतबाट विश्रामपुर गाउँपालिका वडा न ३ मुसहरवा बस्ने बर्ष १७ को उनकै साथीले ( नाम परिवर्तन गरिएकोछ ) मिठु गुप्तालाई फकाइ भारतको सोही स्थानमा लगि हत्या गरि नदिमा फालेको खुल्न आएकोछ । निजमाथि कर्तव्यज्यानमा बारस जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएँ ।
