भरत सरार्फ
पर्सा ०२ माघ / सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराले जिल्लाको कलैया उप महानगरपालिका वडा न १० स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म मटिहर्वा इलाकाको निलकँठवा fob भित्र ३० दिने कपाल काट्ने तालिम संचालन गरेको छ । Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता अतिनै लोकपृय कार्यक्रमहरु सशस्त्र प्रहरी बलले अन्तराष्ट्रिय सीमाना जोडिएका वडाका विपन्न नागरिकहरुलाई लक्षित गरि 

विगत देखिनै देशव्यापि रुपमा संचालन गर्दै आईरहेको छ । Border Area Development Program अन्तर्गत नै निलकँठवा मा कपाल काट्ने तालिम संचालन गरिएको हो । यस तालिममा सशस्त्र प्रहरी बलका तालिम प्राप्त केश कर्तक प्रशिक्षकहरु बाट सीमा ईलाकाका १७ जना ईच्छुक युवायुक्ति हरुलाई निःशुल्क रुपमा तालिम प्रदान गरिने छ । उक्त कार्यक्रममा पमुख जिल्ला अधिक,ार ी बसन्त अधिकारि सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. 

बाराका
सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवाल , प्रस्तावित सीमा सुरक्षा गुल्म मटिहर्वाका गुल्मपति बिदुर भट्टराई तथा वि.ओ. पी बरैनियाका बि ओ पी पति लक्षण जोशी fob छतवाका सइ बिक्रम पौडेल , निलकँठवाका असइ राघोवराम मंडल कलैया उपमहानगर वडा न १० का अध्यक्ष, महमद साविर आलम विश्रामपुरगापाका वडा न १ र ३ अध्यक्ष हरु भद्रभलादमी तथा प्रशिक्षार्थिहरु लगायत ६०/७०जनाको उपस्थिति रहेको थियो ।
