स्थगित स्ववियु निर्वाचनको माग गर्दै विधार्थी संगठनहरुले ठाकुरराम क्याम्पसमा फेरि गरे तालाबन्दी

मधेसखबर
वीरगन्ज ,२चैत : वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन यसअघिकाे निर्धारित मिति (चैत८) मै गराउन विधार्थी संगठनहरुले माग गरेका छन् ।

नेविसंघ ,विधार्थी जनमत संघ, अनेरास्ववियु , लाेकतान्त्रिक विधार्थी संघ,बाल कुमार यादव समूह,शिवराम प्रजापति समूह र राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संघले चैत ८ मै निर्वाचन हुनु पर्ने माग गर्दै क्याम्पसका विभिन्न शाखाहरुमा तालाबन्दी पनि गरेका छन् ।

चैत ८ मा ताेकिएकाे स्ववियु निर्वाचन राजनीतिक दलहरुकाे सहमतिमा क्याम्पस प्रशासनले बुधबार हालका लागि स्थगित गरि आगामी जेठ १३ गते गर्ने निर्णय गरेकाे थियोे ।

चैत ८ मा हुने भनिएकाे निर्वाचन स्थगित भएपछि विधार्थी संगठनहरुले बिहिबार क्याम्पस प्रमुखकाे कार्यकक्ष, परीक्षा शाखा र लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

बिहिबार विज्ञप्ति जारी गर्दै उनिहरुले चैत ८ मा निर्वाचन नभए सम्पुर्ण विधार्थी संगठनहरु रिले अनसनमा बस्ने चेतावनी समेत दिएका छन् ।

तालाबन्दी गर्ने टाेलीमा नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारी, अनेरास्ववियुका पवन यादव , विधार्थी जनमत संघका राजुराज गिरि, लाेकतान्त्रिक विधार्थी संघका विवेक कुमार झा , राष्ट्रीय प्रजातान्त्रिक विधार्थी संका दिपेस साह र बालकुमार यादव समुहका बालकुमार यादवकाे सहभागीता थियाे ।

चैत ५ मा हुनुपर्ने स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने मतदाता नामावली बारेकाे विवादका कारण चैत ८ गतेका लागि ताेकिएकाे थियाे । तर पछि फेरि विवाद भएपछि बुधबार राजनीतिक दलहरूकाे सहमतिमा क्याम्पस प्रशासनले स्थगित गरि जेठ १३ गतेका लागि ताेकेकाे छ ।

The post स्थगित स्ववियु निर्वाचनको माग गर्दै विधार्थी संगठनहरुले ठाकुरराम क्याम्पसमा फेरि गरे तालाबन्दी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?