सप्तरीमा घरको गेटमा लडेका युवकको मृत्यु

२ चैत, जनकपुरधाम । सप्तरीमा घरको गेटबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका ८ बलारदह मंगल हटियाका २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।

बुधबार बिहान २ बजे आफ्नै घरको गेट बाहिर लडी अचेत अवस्थामा फेला परेका उनलाई परिवारजनले स्वास्थ्य चौकी फतेपुर सप्तरीमा भर्ना गराएका थिए । उनको उपचारको क्रममा राति १२ बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?