महिला नै उपराष्ट्रपति हुनुपर्ने मागसहितकाे रिट सर्वाेच्च अदालतमा दरपिठ

काठमाडौं,३०फागुन: सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ ।

अधिवक्ता राधिका खतिवडाले सर्वाेच्च अदालतमा रिट पेश गरेकी हुन् ।

शनिवार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।

The post महिला नै उपराष्ट्रपति हुनुपर्ने मागसहितकाे रिट सर्वाेच्च अदालतमा दरपिठ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?