खेलकुदले नेपाल-भारत दुवै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह

वीरगन्ज, ३० फागुन:वीरगन्ज आदर्शनगर रंगशालामा मंगलबारदेखि नेपाल भारत मैत्री पुरुष महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको वीरगन्जका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले नेपाल भारत बीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

खेलमा हारजित सामान्य भएको भन्दै उनले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह पनि गरे ।

चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न ९ वटा महिला पुरुष टिमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन भारतको झारखण्ड, राजस्थान, युपी र जम्मु कश्मीरको टिम पनि वीरगन्ज आइपुगेका छन् ।

The post खेलकुदले नेपाल-भारत दुवै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?