श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट




वीरगन्ज,१२ मंसिर : चुनाव जितेका नेतालाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाएर बधाई र सम्मान गर्ने चलन पर्साबाट अब बारा तिर पनि सरेको छ ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नवनिर्वाचित कृष्णा कुमार श्रेष्ठ(किसान) र बारा ४ (ख) को प्रदेशसभामा नवनिर्वाचित जितेन्द्र सोनललाई उनिहरुका कार्यकर्ता भोला


साह सोनार दिनानाथ साह अशोक  सरार्फ लाल बाबू साह संतोष सरार्फ डोमाइ सोनार लगाएत समर्थकहरुले चाँदीको मुकुट पहिर्याएर बधाइ दिनका साथै सम्मान गरेका हुन् ।

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचितद्वय श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदै सम्मान गरेकााछन ।

श्रेष्ठ , बारा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीबाट र सोनल , बारा ४(ख)को प्रदेशसभा सदस्यामा लोसपाबाट निर्वाचित भएका हुन् ।

यसअघि आइतबार मात्रै पर्सा ४ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित काँग्रेसका रमेश रिजाललाई पनि धोबिनी गाँउपालिकाको हरिहरपुरमा उनका समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाइदिएर बधाइ दिएका थिए ।

 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?