नृसिंह माविमा अबेर रातिसम्म परीक्षाको तयारी गर्दै शिक्षकहरु

वीरगंज, २८ भदौ । वीरगंज महानगर–१४ स्थित नृसिंह माविमा मंगलवार रातिसम्म शिक्षकहरु कार्यरत भएको देखेपछि अभिभावकहरुको भीड लागेको छ ।
बुधवारेखि भोलिदेखि हुने परीक्षाको लागि शिक्षकहरु अबेर रातिसम्म विद्यालयमा खटेर प्रश्नपत्र तथा परीक्षाको तयारीमा जुटेका छन् ।
अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने यस विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको फ्रस्ट टर्मिनल परीक्षा भइरहेको विद्यालयका प्रधानाध्यापक विनोद मेहताले बताएका छन् ।
विद्यार्थी संख्या अधिक भएको हुनाले विगत पांच दिनदेखि अबेर रातिसम्म शिक्षकहरु खटिरहेको देखेर अभिभावकहरु पनि एडमिट कार्ड लिन पुगेको बताइएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?