धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान

सांकेतिक तस्वीर

मधेसखबर
वीरगन्ज,२८ भदौं : धनुषाको पोर्ताहामा बन्दुकधारी समूह र प्रहरी बीच गोली हानाहान भएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–४ पोर्ताहा स्थित चारनाथ खोलामा सोमबार राति गस्तीमा निस्किएको प्रहरी टोली र बन्दुकधारी समूह बीच गोली हानाहान भएको हो।

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर एक जना घाइते भएका छन् । उनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार राति पौने १२ बजे पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

चारनाथ खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा बन्दुकधारी समूहबाट गोली फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरिएको र बन्दुकधारी समूहका अन्य व्यक्तिहरू भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

The post धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?