पुर्व श्रम मंत्री माननीय कृष्ण कुमार श्रेष्ठ (किसान) बारा जिल्लाको क्षेत्र न ४ बाट चुनाव लडने घोषणा

बारा, ३० भदौ । 
 पुर्व श्रम मंत्रि माननीय कृष्ण कुमार श्रेष्ठ (किसान) ले विश्रामपुर गाउँपालिकालाइ स्वास्थ सामग्री हस्तान्तरण  गरेकाछन । गाउँपालिकाको कार्यालयमा भेटघाट कार्यक्रम मा गाउँपालिकाको अध्यक्ष जुल्फाक अलि भुटो ९ जुवैरभई ० मार्फत स्वास्थ शाखा को प्रमुख अलि अखवर हुसेनलाई  डिजिटल बिपि स्टुमेन्ट इन्फुरामिन्ट थर्मामिटर पल्स अक्सिमिटर  माक्स सेनिटाइजर पारा सिटामोल लगाएतका सामाग्री  हस्तान्तरण गरेका थिए । माननीय श्रेष्ठले यस गाउँपालिकाको अस्पतालमा डाक्टर देखि चाहिने उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता गरेका छन । 

श्रेष्ठ भेटघाट कार्यक्रम बोल्दै म तनहुँ जिल्ला को क्षेत्र न १ बाट संविधान सभाको निर्वाचनमा निर्वाचित भएदेखी मलाइ राज्यबाट पाउने सेवा सुबिधाहरु गरिब असहायमा बाड्ेको बताए । अब म बारा जिल्लाको क्षेत्र न ४ बाट चुनाव लडने माननीय श्रेष्ठले बताए । श्रेष्ठ एकीकृत समाजवादी पार्टी को केन्द्रिय सदस्य हुन । भेटघाट कार्यक्रममा माननीय श्रेष्ठ  लाई गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि भुटो (जुवैर भाइ )ले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष प्रीयांका साह " प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा " लेखा प्रमुख बजरंगी जैसवाल "  वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु नेपाल प्रहरी " सशस्त्र प्रहरी पत्रकार लगाएतका उपस्थिति रहेको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?