मटिहानीमा प्रवेशद्वार उद्घाटन 

बर्दिबास । महोत्तरीको मटिहानीमा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । शुक्रवार एक समारोहकाबीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले उक्त प्रवेशद्वारको उद्घाटन गर्नुभएको हो ।

प्रवेशद्वारको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मण्डलले मटिहानी बजार यस क्षेत्रकै पुरानो बजार रहेकोले त्यहाँको गरिमा र सुन्दरतालाई अगाडी बढाउन पालिकाले प्रवेशद्वार निर्माण गरेको बताउनुभयो । उहाँले प्रवेशद्वारले बजारको ऐतिहासिक गरिमा बढाउन सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाको २८ लाख रुपैयाँको लागतमा सो प्रवेशद्वार निर्माण गरिएको नगरपालिकाका इन्जिनियर विमलेश साहले जनाउनुभयो ।

वडाअध्यक्ष रितेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू कलीम अन्सारी, रयुफ शेष, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, नागेश्वर गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, सचिव रञ्जित साह, राजकीय संस्कृत माविका प्रधानाध्यापक ईश्वरी पौडेल, उमाशङ्कर साहलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?