जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरू कामकाज ठप्प पारी आन्दोलित

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरू कामकाज ठप्प पारी आन्दोलित भएका छन् । वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले उपमहानगरपालिकाको कार्यालयमा कार्यरत दुई जना अमिनहरूलाई आफूले भने अनुसार जग्गा ननापेको भन्दै तीन घण्टा एउटा सटर भएको कोठामा थुनेर बन्धक बनाएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्  । 

बन्धक बनाएका कर्मचारीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले ईलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा उद्धार गरेका थिए । वडा अध्यक्ष कार्कीले माफी न मागेसम्म सम्पुर्ण कामकाज ठप्प रहने आधिकारिक ट्रेड युनियन बाराका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । 

ट्रेड युनियन बाराका अध्यक्ष कार्कीले कर्मचारीहरूको सुरक्षा र कार्य गर्ने वातावरण नबनेसम्म आन्दोलन जारी रहने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकामा करिब तीन सय जना कर्मचारीहरू कार्यरत रहेका छन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?