सशस्त्र प्रहरी बल , बि, ओ, पि बरैनियाबारा द्वारा राजश्व छलि गरि ल्याउन्दै गरेका अ ७ लाख बराबरको अवैध समान सहित दुई थान मोसा बरामद गरे ।



खुल्ला सिमनाको फाइदा उठाउन्दै केही कारोबारीहरुले चोर पुलिसको खेल खेल्दै आइरहेको थिएँ । भन्निछ , २९ दिन चोरको त एक दिन पुलिसको , बिओपि बरैनियाबाराको बिओपीपति सशस्त्र प्रहरी निरिक्षक संतोष चौलागाइले ती चोर पुलिसको खेललाइ समाप्त पार्दैछ्न ।

 सप्रनी चौलागाइले विशेष अप्रेसन संचालन गरि खुल्ला सिमनाको फइदा उठाउन्दै भारतबाट अवैध तरिकाले नेपाल भित्र ल्याउन्दै गरेका लाखौ मुल्य बराबरको विभिन्न समानहरु बरामद गर्नु साथै माछा , कुखरा , कुखराको चल्ला बरामद गरि नष्ट गरिसकेका स्थानीयहरुले बताएँ । 


साथै आज शुक्रबार बिहान बिहान ९:४५ बजेको समयमा विशेष सुचनाको अधारमा भारतबाट मोसाको प्रयोग गरि  विश्रामपुर गाउँपालिका वडा न २ छतवा सिमा इलाकामा काजु र खाद्यान्न ल्याउन्दै गरेको अवस्थामा र विश्रामगाउँपालिकाको वडा न ५ नकटुवाबाट मोसाकै प्रयोग गरि कपडा ल्याउन्दै गरेको अवस्थामा मोसा सहित बरामद गरेकाछन ।

 बरामद गरिएको उक्तमोसा सहितको  अवैध समानहरुको ६,९१,७५० / मुल्यक गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?