वडफुलुको जोखिम कायम देशभरमा ७ लाख भन्दा बढी पशुपति नष्ट।



काठमाडौँ उपत्यका र काभ्रेमा जोखिमस् देशका अधिकांश जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा यसको जोखिम अझै कायम छ। 


काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ भने झापा, मोरङ, चितवन लगायतका जिल्लामा पूर्ण नियन्त्रण भइसकेको छ।


संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ।


नष्ट गरिएकामध्ये उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना रहेका छन्।


सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारी सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने लगायतका नियन्त्रणका कार्यहरू अघि बढाइएको पशु सेवा विभागले जनाएको छ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?