पर्सा ०३ बैशाख / सर्लाहीका खुखाँर तस्कर "संतोष भण्डारी " लाई नेपाल प्रहरीको चेकिङ टोलिले दुई पिकअपमा लोड गरिएका फुल सहित तीन जनालाइ पक्राउ गरेकाछन । बैशाख १ गते अ १८:३० बजेको समयमा भारतबाट दुई पिकअपमा फुल लोड गरि बिओपि त्रिभुवननगर नाका हुन्दै ब्रहमपुरीबाट आउन्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाही बाट खटिएको चेकिङ टोलिले दुइवटा पिकअपमा फुल लोड रहेको र कुनै बिलबिजक अथवा कागजातहरु नरहेको हुनाले पिकअप , चालक र पिकअप भित्रै रहेका सर्लाहीका खुखाँर तस्कर संतोष भण्डारी लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको श्रोत जानकारी दिए ।
खुखाँर तस्कर भण्डारीको केही दिन अगाडी मात्रै मलंगवा भन्सारले विशेष सुचनाको अधारमा फुल लोड गरिएका दुइवटा पिकअप र कपडा बोकेका पाँच वटा मोटरसाइकल पक्राउ गरेकाथिए ।
अचम्मको कुरो यो छ कि फुलले भरिएका दुइवटा पिकअप भारतबाट बिओपि त्रिभुवननगर इलाकाबाट हुन्दै ब्रहमपुरी आउन्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका टोलिले पक्राउ गरे , तर सिमानाकामा बसेका सुरक्षाकर्मीलाई थाहै छैन । नियन्त्रणमा लिएका मानिस सहितको फुल लोड गरिएका पिकअप आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय मलंगवा दाखिला गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।
